विश्वकपः   मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

काठमाडाैं | मंसिर ७, २०७९

विश्वकपः   मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । 


कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । 


यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।


त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्